कोशीमा मुख्यमन्त्री कार्कीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

कोशीमा मुख्यमन्त्री कार्कीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने
सुन्नुहोस्

काठमाडौं : कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिनुपर्ने एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूले बताएका छन्।

कोशी प्रदेशसभापछि सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले अल्पमतमा परेको सरकारले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए। 

बैठकमा मुख्यमन्त्रीले संविधान अनुसार नै अघि बढ्ने बताएकाले ३० भित्र विश्वासको मत लिने विश्वास व्यक्त गरे। ३० दिनभित्र विश्वासको मत नलिए मुख्यमन्त्री कार्की पदमुक्त हुने र नयाँ सरकार गठनको आह्वान हुने उनले बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले अबको ३० दिनसम्म विश्वासको मतका लागि पर्खने र सोही अवधिमा विश्वासको मत नलिए मार्ग प्रसस्त गर्न थप दबाब दिने बताए। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन्न भन्न नपाउने भन्दै उनले विश्वासको मत लिन नसके राजीनामा दिनुपर्ने उनले बताए।

त्यस्तै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत वा राजीनामा दिएर ३० दिनभित्र मार्ग प्रसस्त गर्नुपर्ने बताए। संकल्प प्रस्ताव बहुमतले पारित भएसँगै मुख्यमन्त्रीलाई संवैधानिक एवं कानुनी दबाब परेको र मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

त्यसअघि शुक्रबार नै बसेको कोशी प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २६ गते सम्ममा विश्वासको मत लिइसक्नुपर्ने सहितको संकल्प प्रस्ताव बहुमतले पारित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.