वीरगन्जमा हुण्डीको २२ लाख रकमसहित दुई नेपाली पक्राउ

वीरगन्जमा हुण्डीको २२ लाख रकमसहित दुई नेपाली पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू दुवै जना नेपाली नागरिक रहेका छन् 

तर उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन। पक्राउ परेकामध्ये एक जना आईएमईका सञ्चालक र अर्का व्याक्ति उक्त आईएमईमा भारतबाट रकम ओसारेर ल्याउने भरिया रहेको प्रहरी श्रोतले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले श्रोत खुल्न नसकेको २२ लाख ५ हजार रुपियाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे।

उनले भने,‘बरामद रकमसहित दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। त्यसकारण उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.