लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिस्पर्धा

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिस्पर्धा
सुन्नुहोस्

लुम्बिनी : लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । २०८० चैत १ गतेबाट पद रिक्त भए पछि खुला प्रतिस्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्यांकन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था छ । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्ने बताउँदै आएकी छन् । अन्य विश्वविद्यालयमा पनि खुलारूपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउँदै रजिष्ट्रार सिफारिसका लागि खुलारूपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिष्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।

रजिष्ट्रार छनौटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले प्राप्त भएका ९ जनाको दरखास्तमध्ये मापदण्ड पुगेका ७ जनाको नाम मूल्यांकनका लागि छनौट गरेको छ । दरखास्तका लागि प्रकाशित सूचनामा रजिष्ट्रार पदका लागि कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्यूनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख छ । कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डिन, डिन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तीमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेदवारहरूले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनौट भएको जानकारी दिए । उनीहरूको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याति प्राप्त विज्ञहरू सम्मिलित तीन सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्तांक उपकुलपतिलाई प्रदान गर्नेछ ।

रजिष्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा. घनश्याम न्यौपाने, तनहुका प्रा.डा. काजिराम अधिकारी, ललितपूरका डा. गणेशप्रसाद घिमिरे, अर्घाखाँचीका प्रा.डा. लालमणि पाण्डे, इलामका प्रा.डा. नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा. तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ । काठमाडौंंका डा. गजेन्द्रबहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।

उम्मेदवारहरूको ०८० वैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए । मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेद्वारलाई रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.