सहयोगको पर्खाइमा विद्यालय

सहयोगको पर्खाइमा विद्यालय
सुन्नुहोस्

बिजलपुरा : ७३ वर्षअघि स्थापना भएको गाउँ हो अकुवान । जहाँ २१५ घरधुरीको बसोबास छ। महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ र १३ मा पर्ने ऐतिहासिक गाउँ बिजलपुरामास्थित अकुवान टोलमा २०७८ सालमा मात्रै श्रीराम जानकी आधारभूत विद्यालयको स्थापना भएको थियो। तर स्कूलको अवस्था भने दयनीय छ। राणा, पञ्चायत, बहुदलपछि देशमा संघीय गणतन्त्र आयो। अनि मात्रै यहाँका नागरिकले गाउँमै स्कुल देख्न पाए। 

कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा जम्मा २ कोठा छन्। अच्चम त यहाँ शिशु कक्षा नै छैन। स्थानीय रामप्रकाश महतोले भने, ‘भौतिक पूर्वधार, खानेपानी, बिजुलीबत्ती, घेराबेरा, शिक्षकको कमीले विद्यालय समस्याग्रस्त छन्। बच्चहरूले राम्रोसँग पढ्नै पाएका छैनन्।’

स्कुल रूपान्तरण नभएसम्म गाउँको विकास नहुने महसुस गर्दै गाउँलेहरूले बिहीबार युवा सुखलाल महतोको नेतृत्वमा निर्विरोध ७ सदस्य विद्यालय व्यवस्थापन समिति चयन गरेका छन्। राम्रो नेतृत्व नहुँदा स्कुल मात्रै होइन गाउँकै विकास ओझेलमा परेकोले युवाहरूको जिम्मा विद्यालय दिइएको स्थानीय बैजु पासमानले बताए। सदस्यहरूमा राजकिशोर महतो, बेचु विश्वकर्मा, रेखा देवी पासवान, सविता देवी पासवान र नैन देवी महतो रहेका छन्। समितिमा स्नातकोत्तर तह अध्ययन गर्दै गरेका राजकिशोर महतो सदस्य छन्। उनी शिक्षक पनि हुन्। 

वि.सं २००७ सालमा बसोबास भएको अकुवान टोलमा २ सय १५ घरधुरी छन्। त्यहाँका दलित तथा विपन्न समुदायका करिब १ सय बच्चा स्कुलमा अध्ययनरत छन्। स्थानीय सरकारको वास्ता नगरेका कारण आधुनिक कालमा पनि अकुवान टोलका बालबालिकाहरूले गुणस्तरीय शिक्षा पाउन नसकेको स्थानीयको भनाई छ। विद्यालयको घेराबेरा नभएकाले गाईवस्तु, जंगली जनावर विद्यालयमै पस्ने गरेको छ।निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई सुविधासम्पन्न बनाउनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.