डोल्पाका सबै सांसद मन्त्री

डोल्पाका सबै सांसद मन्त्री
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाबाट संघ र प्रदेशमा निर्वाचित सबै सांसद मन्त्री भएका छन्। संघ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पामा सबै सांसद मन्त्री भएका हुन्।

कर्णाली प्रदेश सरकारमा मात्रै डोल्पाबाट दुई मन्त्री नियुक्त भएका छन्। मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा एउटै जिल्लाबाट सत्ता गठबन्धन दलबाट प्रतिनिधित्व हुने गरी दुई मन्त्री नियुक्त भएका हुन्।

प्रदेश ‘क’ बाट निर्वाचित नेकपा एमालेका सांसद शेरबहादुर बुढा भौतिक पूर्वाधार मन्त्री र प्रदेश ‘ख’ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद बिरबहादुर शाही सामाजिक विकास मन्त्री नियुक्त भएका हुन्। शाही दोस्रो पटक मन्त्री भएका हुन्।

यसअघि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भइसकेका हुन्। डोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि नै संघीय सरकारमा एकीकृत समाजवादीबाट शहरी विकास मन्त्री भइसकेका छन्।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधार लगायतका विकासले गति लिने अपेक्षा गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.