बर्दियाको सीमाक्षेत्रबाट २३ किलो चरेश बरामद

बर्दियाको सीमाक्षेत्रबाट २३ किलो चरेश बरामद
सुन्नुहोस्

गुलरिया : सशस्त्र प्रहरीले बर्दियाको सीमाक्षेत्रबाट २३ किलो चरेश बरामद गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बल ३१ नम्बर हेडक्वाटर मातहत बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहा स्थित सीमावर्ती इलाकाले ३९ प्याकेटमा राखिएको अन्दाजी २३ किलोग्राम  लागुऔषध चरेश जस्तो देखिने पदार्थ बरामद गरेको हो । 

सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यबहादुर वलीको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान पौने ४ बजे १ जना मानिससहित लागूऔषध नियन्त्रणमा लिएको हो ।

बिहानै संकास्पद हर्कत गरिरहेका रुकुम पश्चिम सानोभेरी गाउँपालिका-५ निवासी ३४ वर्षीय बमबहादुर पुनलाई चेकजाँचका क्रममा अवैध सामानसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय ३१ नम्बर गणका गणपति प्रहरी उपरीक्षक चित्रांगत दाहालले जानकारी दिए । सामानसहित नियन्त्रणमा परेका व्यक्ति उपर थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.