पाल्पाको रिव्दीकोटमा प्राङ्गारिक मल कारखाना निर्माण सुरु

पाल्पाको रिव्दीकोटमा प्राङ्गारिक मल कारखाना निर्माण सुरु
सुन्नुहोस्

तानसेन : रिव्दीकोट गाउँपालिका-५, नयाँ टोलमा प्राङ्गारिक मल कारखाना निर्माण सुरु भएको छ। मल कारखानाको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले  शिलान्यास गरे। 

जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन तथा गाउँपालिकाको आर्थिक सहयोगमा मल कारखानाको पूर्वाधार निर्माणको काम सुरु भएको छ। 

पालिकाभरी सबै किसिमको कृषि उत्पादन बढाउन, बाँझा भएका जमिनहरूलाई हराभरा बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, मानिस स्वस्थ निरोगी बनाउँदै देशलाई आर्थिक रुपमा बलियो बनाउने अभियानका साथ पालिकाको प्रमुख सहयोगमा मल कारखाना सञ्चालन गर्न लागिएको अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए। 

‘म बनाउँछु मेरो रिव्दीकोट अभियानअन्तर्गत पालिकाभित्र मल कारखाना बनाउने तीव्र इच्छा थियो, जुन आजबाट सुरुवात भएको छ, यो असार मसान्तभित्र  काराखाना सञ्चालनमा आउने र असार, साउनबाटै मल बिक्री गर्ने अभियानका साथ काम द्रुत रुपमा गरिने छ’, अध्यक्ष कार्कीले भने। मल कारखाना सञ्चालन भएपछि पहिलो उत्पादन बजार पठाउँदासम्म ४५ लाख रुपैयाँ खर्च हुने योजना रहे तापनि पालिकाबाट पहिलो चरणमा १५ लाख रुपैयाँ विनियोजन गरेको, अन्य रकम सहकारीले व्यवस्थापन गर्ने अध्यक्ष कार्कीले बताए। 

पालिका उपाध्यक्ष कान्ता अधिकारीले अहिले रासायनिक तथा जैविक कुनै पनि मल किसानले भनेको समयमा नपाउँदा पर्याप्त मात्रामा उत्पादन नभएको अवस्थामा अर्गानिक उत्पादनका लागि पालिकाले जैविक  मल कारखाना सञ्चालन गर्न लागेको बताइन्। अहिले व्यावसायिक कृषि गर्न खोजे पनि मलको अभाव भइरहेको अवस्थामा मल कारखाना सञ्चालनले ठूलो राहत मिल्ने उपाध्यक्ष अधिकारीले बताइन्। 

प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले भने, ‘रिव्दीकोटको पहिचान नै कृषि हो, यहाँको अकबरे खुर्सानी, सुन्तला, अदुवा बेसार जनता माझ लोकप्रिय छ, कृषि उत्पादनलाई स्वस्थ, गुणस्तर बनाउन पालिकाले नै गत वर्षदेखि बजेट विनियोजन गरेको भएपनि यस वर्षदेखि मल कारखाना कार्यान्वयनमा आएको बताए। मल कारखानाबाट यस क्षेत्रमा उत्पादन वृद्धि हुने र स्थानीयले रोजगारी पाउने छन्।’

सहकारीका अध्यक्ष नारायण बहादुर लामटाङ्गेले हाल ३ रोपनी क्षेत्रफल जग्गा लिजमा लिएर कारखाना सञ्चालनमा ल्याएको बताए। कारखानालाई दिगो रुपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत जनताको लगानी रहने सहकारीका अध्यक्ष लामटाङ्गेले बताए। 

मल कारखानामा गाईभैसीको गोबर, स्थानीय झारपात, खसेका पात पतिङ्ग, हरिया घास तथा सेउला लगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिने छ। मल कारखानाको माध्यमबाट पालिका भित्रका हजारौं रोपनी बाँझा खेतबारी प्रयोगमा आउने विश्वास रिव्दीकोट गाउँपालिकाले गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.