पत्रकार उपचार कोषमा पुग्यो एक करोड

पत्रकार उपचार कोषमा पुग्यो एक करोड
सुन्नुहोस्

झापा : नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पुर्‍याएको छ। 

पत्रकार महासंघ झापाले ८ वर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको सोमबार एक भव्य समारोहका बीच पूर्व राष्ट्रपति डा. रामवरण यादवले घोषणा गरेका हुन्। पूर्व राष्ट्रपति डा. यादवले सोही समारोहमा डिजिटल प्रविधिबाट पत्रकार महासंघ झापाको स्तरोन्नति गरिएको कार्यालय भवनको उद्‍घाट गरेका थिए। 

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले २०४६ र २०६२/०६३ को जनआन्दोलनमा पत्रकारले निर्वाह गरेका योगदानका कारण देशमा परिवर्तन आएको बताए। उनले नेपाली पत्रकारिता जगत साउथ एसियामै सबैभन्दा अग्र स्थानमा रहेको जिकिर गरे। झापामा स्थापना गरिएको उपचार कोष अन्य जिल्लामा पनि विस्तार गरिनुपर्ने उनले बताए। 

नागरिकका सूचनाको हक प्रत्याभूतिका लागि जोखिम मोलेर अहोरात्र खटिने पत्रकारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विसं २०७३ पुस १६ गते उपचार कोषको स्थापना गरेको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए। 

महासंघको आफ्नै कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख गरी ९ लाख रुपैयाँ जम्मा गरेर उपचार कोष स्थापना गरिएको थियो। उक्त कोषमा अहिले एक करोड १ लाख ११ हजार १११ जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए। 

उनका अनुसार कोषको रकमबाट पत्रकारहरू घाइते तथा बिरामी हुँदा महासंघले नगद सहयोग गर्दै आएको छ। त्यस्तै महिला पत्रकारहरू सुत्केरी हुँदासमेत सहयोग गर्ने गरेको अध्यक्ष गिरीले बताए। कोषमा पत्रकारले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम विभिन्न दाताहरूले दिएको उनको भनाइ छ। 

अब छिट्टै सोही अक्षयकोषबाट ६५ वर्षमाथिका अग्रज पत्रकारहरूलाई औषधि खर्चबापत मासिक रकम प्रदान गरिने योजना रहेको उनले बताए। सोही कार्यक्रममा पत्रकार उपचार कोषमा सहयोग पुर्‍याएका दर्जनौं दाता, संघसंस्था, पत्रकारहरूलाई सम्मान पत्रले सम्मानित गरिएको थियो। 

कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीहरू हिक्मतकुमार कार्की, उद्धव थापा, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए। 

महासंघ झापाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई सचिव डिकेश लामाले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष केशव भट्टराईले गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.