भन्सार छली गरेर ल्याएका सामग्री बरामद

भन्सार छली गरेर ल्याएका सामग्री बरामद
सुन्नुहोस्

बुटवल : जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले भन्सार छलेर चोरी पैठारी गरी ल्याएका अवैध सामानहरू बरामद गरेको छ। 

सोमबार जिल्लाका विभिन्न स्थानबाट भारतबाट ल्याएका २ लाख ९० हजार ३ सय २० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रंजितसिँह राठौरले जानकारी दिए। प्रहरीले विभिन्न उपभोग्य सामान र कुखुराहरू नियन्त्रणमा लिएर भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन चेक पोस्ट कार्यालय बेलहियामा बुझाइएको छ। 

सियारी गाउँपालिका-६ सर्जुगन्जबाट चिनी, केराउ, ओमसतिया गाउँपालिका-४ पननीचोकबाट बेवारिसे अवस्थामा रहेको रेडिमेट सुट, साडी , पडसरीबाट प्याज र लुम्बिनी सांस्कृतिक नगरपालिका बोइलर कुखुरा बरामद गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.