दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु
दाङ : दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ। घर लिपपोत गर्नका लागि माटो निकाल्न खनिएको खाल्टोमा खेल्ने क्रममा घोराही उपमहानगरपालिका-९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आन्द्राभरैयाका ३/४ जना बालक घरदेखि करिब ५ सय मिटर टाढा बबई नदीको किनारमा खेल्ने क्रममा दुई जना माटोको ढिस्कोमा पुरिएका प्रहरीले जनाएको छ।
दुबै जनाको उद्धार गरेर अस्पताल पुर्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए। शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।