मिथिला क्षेत्रमा चैती छठ सुरु

मिथिला क्षेत्रमा चैती छठ सुरु
सुन्नुहोस्

महोत्तरी : महोत्तरीसहित मिथिलान्चलमा आजदेखि चैती छठ अर्थात वासन्ती छठपर्व सुरु भएको छ। व्रतालुहरू आज पहिलो दिन चोखो भएका छन्। जसलाई स्थानीय भाषामा नहाय खाय विधि भन्ने गरिन्छ।

पर्वको दोस्रो दिन खर्ना मनाइन्छ। खर्नाका दिन व्रतीहरू दिनभरि उपवास बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति अरवा अरबाइन (नुन नहालेको) खानेकुरा खाने चलन छ।

त्यस्तै, षष्ठीका दिन मुख्य पूजा गरिने भएको छ। आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अर्घ दिनेछ। घरघरमा गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर,  भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी अर्घ दिइने चलन रहेको छ। मुख्य पूजामा परिवारका सम्पूर्ण सदस्य भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्।

त्यस्तै पर्वअन्तर्गत सोमबार बिहान पुनः छठघाटमा पुगेर अघिल्लो दिनको क्रम दोहोर्‍याइ सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्ने रीति छ। व्रतालुहरू आजराति व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्‍तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन हुनेछ। 

चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ। कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरूको संख्या बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.