मनास्लु पर्यटन पदमार्गमा फोरजी सेवा विस्तारको कार्य तीव्र

मनास्लु पर्यटन पदमार्गमा फोरजी सेवा विस्तारको कार्य तीव्र
चुमनुब्री २ को स्यो मा फोरजी प्रविधि जडानको प्रक्रिया सुरु गर्दै नेपाल टेलिकम । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : पर्यटकको आकर्षणमा पर्दै गएको मनास्लु पर्यटकीय पदमार्गलाई प्राथमिकतामा राखेर नेपाल टेलिकमले फोरजी सेवा विस्तार कार्य तीब्र पारेको छ । यसअघि राम्रोसंग मोबाइल पनि नचल्ने उत्तरी गोरखाको ल्हो, सामागाउँ, साम्दोमा फोरजी सेवा विस्तार गर्न लागेको जनाएको छ । 

गण्डकी प्रदेशकै सबैभन्दा बिकट भनेर चिनिएको मनास्लु ट्रेकिङ रुटका क्षेत्रलाई प्राथमिकतामा राखेर फोरजी सेवा विस्तार गर्न सुरु गरिएको नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

चुमनुब्री ३, ४, ५ र ७ मा नेपाल टेलिकमको मोबाइल विभागले यसअघि नै फोरजी सेवा सञ्चालन गरिसकेको छ । सेवा विस्तार हुन बाँकी रहेको वडा नं.१ को सामागाउँ, साम्दो र वडा नं २ को ल्हो, ल्ही, स्यो, स्याला क्षेत्रमा पहिलो पटक यो सेवा विस्तार हुन लागेको नेपाल टेलिकमका गण्डकी प्रदेश निर्देशनालयका सूचना अधिकारी प्रक्षेत थापाको भनाइ छ । 

‘गण्डकी प्रदेशको अल्लि बढि बिकट भनेको यही मनास्लु रुट हो । यो रुटको केही ठाउँमा अहिले पनि भिस्याटले काम चलाइएको छ । अब सबै ठाउँमा उच्च क्षमताको फोरजी सेवा सञ्चालन गरेर भिस्याटमुक्त गर्ने हाम्रो लक्ष्य हो’, थापा भन्छन्,‘चुमनुब्री लाइनको मेनहब केरौँजा हो । केरौंजा टावरमा विद्युत डिस्टर्ब हुँदा पनि सेवा अवरुद्ध हुन नदिन केही दिनभित्रै सोलार प्रविधि जडान गर्दैछौँ । त्यसपछि हामीले सामागाउँ र साम्दोसम्म पु¥याउने गरी स्योको डाँडामा टावर राख्नेछौँ । त्यसले सामागाउँ र साम्दोमा लिङ्कअप गर्नेछ । टावर नभएको साम्दोमा पनि टावर राख्नेछौँ । त्यसपछि सो रुटको मनाङको भिमथाङ, थोँचेमा पनि टावर राख्नेछौँ । यी सबै ठाउँमा एकैचोटी टावर राख्न काम सुरु गरिएको छ ।’ 

चुम उपत्यकाका कतिपय ठाउँमा फोरजी सेवा नचलेकाले चुम्चेत पनि टावर राख्ने लक्ष्य रहेको उनले बताए । छुले र निलेमा सेवा भने अर्को चरणमा काम सुरु हुने थापाले बताए । सबै ठाउँको सर्वेक्षणको काम सम्पन्न भइसकेकाले छिट्टै टावर निर्माणको काम सम्पन्न हुने उनले बताए । 

नुब्री उपत्यकाका सबै कुना कन्दरामा फोरजी सञ्चालन भएपछि चुम उपत्यकाका सबै क्षेत्रलाई समेट्नेगरी सेवा विस्तार गर्न पहल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । ‘अधिकांश ठाउँमा फोरजी सेवाको पहुँच छ । तर, सबै क्षेत्रहरूलाई समेट्न सकेको छैन’,उनले भने,‘चुम्चेत, छुले, निले लगायतका ठाउँमा अझै राम्रो सेवा छैन । ती ठाउँका लागि पनि पहल भइरहेको छ ।’

यता गोरखा नेपाल टेलिकमको नमुना जिल्ला छनोट भएको छ । गण्डकी प्रदेश अन्तरगत कास्की र गोरखा टेलिकमको नमुना जिल्ला छनोट भएको नेपाल टेलिकम गोरखा शाखा प्रमुख सरोज अर्यालले बताए । ‘नमुना जिल्ला अन्तरगत छनोट भएका छौँ’,उनले भने,‘यो हुँदा जिल्लामा केन्द्रबाट टेलिकम सेवा बिस्तारका लागि धेरै बजेट बिनियोजन हुन्छ ।’ जिल्लाको सबै क्षेत्रमा टेलिकम सेवा विस्तार गर्ने लक्ष्य समेत रहेको उनले जानकारी दिए ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.