स्याङ्जामा १८०८ हेक्टरमा आगजनी

१ को मृत्यु ४ घाइते, करोडौंको क्षति

स्याङ्जामा १८०८ हेक्टरमा आगजनी
सुन्नुहोस्

स्याङ्जा : बिरुवा गाउँपालिका ७ कुमेरदुङका ७४ वर्षीया रामसरी गुरुङको आगोमा जलेर मृत्यु भयो। यही वैशाख ६ गते दिउँसो लागेको आगो निभाउने क्रममा आगोमा जलेर घटनास्थलमै उनको ज्यान गयो।

कोदोको बीउ राख्न बारिमा सुकेका झारपात, पतिंगर जलाउने क्रममा आगो सल्केर जंगलसम्म पुगेपछि सोही आगो निभाउने क्रममा जलेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

पुतलीबजार नगरपालिका ११ करेन्डाँडामा लागेको आगलागीका कारण गीता जिटी गम्भीर घाइते भएकी छन्। उनको घर, पसललगायत घरपालुवा जनावरसमेत जलेर मरेका छन्। उनको काठमाडौंंस्थित एक अस्पतालमा उपचार भइरहेको छ। आगलागीका कारण यही १९ गते करेन्डाँडा आसपासका ३५ हेक्टर क्षेत्रफल जमिनमा आगजनी भएको छ। सुन्तलाको पकेट वडा रहेकाले त्यहाँँका हजारौं सुन्तलाका बिरुवा जलेर नष्ट भएका छन्। 

खेतबारीमा सुकेका पातपतिंगर (झारपात) जलाउने क्रममा आगजनी भएको र जंगल हुँदै बस्तीसम्म आगलागी भएर करोडौं मूल्य बराबरको धनजनको क्षति भएको स्थानीयको भनाइ छ।

यसैगरी, पुतलीबजार नगरपालिका १ गैरीबजारमा कुँडो पकाउने क्रममा आगो अनियन्त्रित भइ गोठ पूर्णरूपमा जलेको छ। घर नजिकै रहेको २ तले घरमा समेत आगजनी भएको छ। आगोका कारण मानवीय क्षति नभए पनि धनजनमा ठूलो क्षति पुगेको छ। यसवर्ष स्याङ्जामा अत्यधिक आगलागीका घटना भएका छन्। अघिकांश घटना कुँडो पकाउँदा र खेतबारीमा सुकेका झारपात (पातपतिंगर) जलाउने क्रममा भएका छन्। आगलागीका कारण एक जनाको ज्यान गएको छ। चार जना घाइते छन्। 

करेन्डाँडाकी ४० वर्षीया गीता जिटी, कालीगण्डकी गाउँपालिका ५ का ५९ वर्षीया राधिका न्यौपाने र छोरी नाता पर्ने रिमा न्यौपाने, पुतलीबजार नगरपालिका १३ का ७२ वर्षीय डासी कोइराला आगो निभाउने क्रममा घाइते भएका हुन्।  खेतबारीमा रहेका झाँडी तथा पातपतिंगरहरूमा आगो लगाउँदा त्यहीँबाट फैलिएर अधिकांश आगलागी भएका छन्।

आगलागीकै कारण स्याङ्जाका डेढ दर्जन घर र त्योभन्दा बढी गोठ जलेका छन्। आगलागीका कारण भैसी, कुखुरा, मौरीसहितका घार, कुखुराका खोर, खानेपानीका पाईप, वनजंगल तथा हजारौंका संख्यामा सुन्तलाका बिरुवा जल्नुका साथै एउटा गोरुसमेत हराएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। आगलागीका कारण यसवर्ष स्याङ्जाका १ सय १३ स्थानका १ हजार ८ सय ८ हेक्टर क्षेत्रफलमा आगजनी भएको बन अधिकृत अमरबहादुर पराजुलीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.