लुम्बिनीलाई ध्यानको राजधानी घोषणा गर्न संकल्प

ध्यानमय लुम्बिनी

लुम्बिनीलाई ध्यानको राजधानी घोषणा गर्न संकल्प
लुम्बिनीको ध्यान शिविरमा सहभागी
सुन्नुहोस्

बुटवल : बुद्धजन्मस्थल लुम्बिनीमा ध्यान र साधना सधैं चलिरहन्छ। सयौं भिक्षु र बौद्ध धर्मालम्बीहरू मायादेवी मन्दिर आसपास र बिहारहरूमा ध्यानमग्न हुन्छन्। बुद्धले नै प्रतिपादन गरेको विपश्यना ध्यान धम्म जननीमा निरन्तर चलिरहेको हुन्छ।

यस्तै ध्यानको शृंखलालाई अझ बृहत् बनाउँदै लुम्बिनीमा एकैपटक पाँच हजार बढी ध्यानमा मग्न रहे। जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा ‘बुद्धको ज्ञान, लुम्बिनीमा ध्यान, विराट चक्रविज्ञान’ भन्ने मूल नारासहित लुम्बिनी ध्यान हलमा चक्रविज्ञान ध्यान चल्यो। के वृद्ध, के बालबालिका, ध्यानमा युवा पुस्तादेखि राज्यका उच्च पदमा रहेकाहरू पनि निरन्तर ध्यानमा रहे।

जीवन विज्ञान प्रतिष्ठानले चैतको १७ गतेदेखि २४ गतेसम्म लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा शिविर सुरु गरेको थियो। देशका ७७ जिल्लाबाट सयौं व्यक्ति ध्यानका लागि लुम्बिनी आए। स्वदेशीमात्रै होइन विदेशी १९ देशका नागरिकहरू पनि ध्यानमा सहभागी भए।

सात दिन सञ्चालन भएको ध्यान शिविरमा जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले चक्र सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक र प्रयोगात्मक कक्षाहरू नियमित रूपमा सञ्चालन गरे। लुम्बिनीमा अहिले चलेको ध्यान बौद्ध ध्यान भने होइन। यद्यपि बुद्धले प्रतिपादन गरेकै ध्यानका कैयन् पाटाहरू चक्रविज्ञान ध्यानमा रहेको सहभागीहरू बताउँछन्।

सात दिनको ध्यानमा बसेका लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भौतिक विज्ञान र आध्यात्मिक विज्ञानलाई जोडेर ध्यान बनाइएकाले शरीरलाई ऊर्जावान् बनाएको अनुभव सुनाए। ‘मैले विपश्यना ध्यान पनि गरेको छु, यसो हेर्दा एक अर्काका परिपूरक जस्तो देखियो, उनले अनुभव साटे, ‘चक्र विज्ञान ध्यान बसेर विपश्यना गर्दा ध्यानमा अझ प्रभावकारिता आउँछ।’

  • लुम्बिनीमा एकैपटक पाँच हजार बढी ‘चक्रविज्ञान’ ध्यानमा मग्न रहे।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका विभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियन्ताहरूले लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणासहित सामूहिक रूपमा विभिन्न पाँचबुँदे संकल्प गरेका छन्।

ध्यानका गुरु रमेश नेपालले सात चक्रहरूको ध्यानले जीवनमा ऊर्जा थपिने बताउँछन्। मानिसले जन्मदै लिएर आएका उर्जाका सातवटा केन्द्रहरूलाई सबल र सक्रिय बनाउन वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग गरिएको उनको भनाइ छ।

ध्यान शिविरमा सहभागिताका लागि खुला आह्वान गरिएको थियो। ध्यानका लागि विभिन्न स्थानबाट व्यक्तिहरू लुम्बिनी आएका थिए। ध्यानमा मानिसको मेरुदण्डको तल्लो भागबाट शिरको माथिल्लो भागसम्म भएका सातवटा चक्रलाई सात दिनमा वैज्ञानिक र प्रयोगात्मक विधिको प्रयोग गरेर शुद्ध र सक्रिय पारिएको छ। मानिसलाई चलाउने चक्ररूपी ऊर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमंग, खुसी, जोस, जाँगर, साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको हो। यस्तो ध्यान हालसम्मकै ठूलो समूहमा भएको आयोजकले जनाएका छन्।

विगत १३ वर्षदेखि आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जीवन विज्ञानले मानिसमा रहेका स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दका सम्भावना खोज्न नेपालभर योग र ध्यानका तीन सय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन गरिरहेको छ।

विराट चक्र विज्ञान एवं जीवन विज्ञान कार्यक्रमबाट नेपाललाई विश्वशान्ति केन्द्रका रूपमा विकास गर्ने सामूहिक संकल्पसमेत गरिएको छ। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका विभिन्न दलका शीर्षनेता, नेपाल सरकारका उच्चपदस्थ अधिकारीसहित अभियन्ताहरूले लुम्बिनी आध्यात्मिक जागरण उत्सव घोषणासहित सामूहिक रूपमा विभिन्न पाँच बुँदे संकल्प गरेका छन्। 

नेपाल योगभूमि, ज्ञानभूमि, बुद्धभूमि तपोभूमि रहेकाले यहाँ मैत्रीभाव समानता र शान्तिको प्रवद्र्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रका रूपमा रूपान्तरित गर्ने उल्लेख गरिएको छ।

यस्तै नेपालमा विसं २०८१ को प्रवेशसँगै नेपाली भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवद्र्धन गर्ने संकल्प गर्दै पूर्वीय संस्कृतिको प्रयोग, संवद्र्धन तथा अभिवद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषय सम्बद्ध उपयुक्त पाठ्यक्रम एवं तालिमका लागि जनशक्ति तयार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

संकल्पमा नेपालमा रहेका ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवं सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने उल्लेख छ।

नेपाललाई ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट शान्ति, पर्यटनको केन्द्रका रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने, देशभर ध्यान र योग प्रवद्र्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियन्ताहरूसँग परामर्श तथा सहकार्य गरी सबै सरकारी एवं पर्यटकीयस्थल तथा कार्यालयमा ध्यान तथा योग पद्धतिहरूको प्रयोगका लागि उपयुक्त व्यवस्था मिलाउने संकल्प गरिएको छ। 

घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, नेकपा (एमाले)का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उच्च पदस्थहरू सहभागी भए।

विराटचक्र ध्यानसँगै लुम्बिनी चिनियाँ दूतावास, नेपाल ओलम्पिक कमिटीसहितले लुम्बिनीलाई ध्यानको राजधानी बनाउने मागसहित बृहत् ध्यानसहितको सांस्कृतिक कार्यक्रम गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.