गर्मी बढेसँगै गुल्मीमा आगलागीका घटना बढे

गर्मी बढेसँगै गुल्मीमा आगलागीका घटना बढे
तस्बिर : अन्नपूर्ण

गुल्मी : गर्मीयाम सुरू भएलगत्तै गुल्मीमा आगलागीका घटना बढिरहेका छन् । जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ । यही चैत १ गते मुसिकोट नगरपालिका- ४ स्थित हर्लेखानी सामुदायिक वनमा आगलागी भएको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका- १० वाग्नेछेडा र  ३ को गौशलानजिकै सामुदायिक बनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सोही दिन ईस्मा गाउँपालिका- १ स्थित कडेनी पञ्चसहित सामुदायिक बनमा आगलागी भएको थियो । बढ्दो आगलागीका कारण गुल्मीको वातावरण धूँवामय बन्दा वायु प्रदूषण बढेको छ । बढ्दो गर्मीका कारण जिल्लाका विभिन्न ठाउँमा आगलागीका घटना बढ्दै गएका छन् । गत चैत ४ गते मुसिकोट नगरपालिका १ जुकेपानीका हिरा बहादुर थापाको खरबारी र छत्रकोट गाउँपालिका+ ४ भुजेलमारास्थित सिद्धबाबा सामुदायिक बनमा आगलागी भएको थियो ।

त्यस्तै,चैत ६ गते सत्यवती गाउँपालिका –६ फौलरबोट सामुदायिक वनमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । चन्द्रकोट गाउँपालिका- ७ मा  गाउँपालिका उपाध्यक्ष बिष्णु भण्डारीको लगायतको खरबारीमा यही चैत्र १२ गते र १९ गते सत्यवती गाउँपालिका – ६ जोहाङ स्थितकुलीडाँड सामुदायिक वनमा अचानक आगलागी भएको थियो । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा स्थानीयले आफै आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको प्रहरी निरीक्षक किरण सापकोटाले बताए । 

चैत २० गते जिल्लाको गुल्मीदरबार गाउँपालिका- ५ डाँडापोखरी भिरबारीस्थित ऋषि भट्टराईको खरबारी र चन्द्रकोट गाउँपालिका – ८ मा रहेको रिप सामुदायिक वनमा अचानक सुरू भएको हावाहुरीसँगै  आगलागी  भएको थियो । 

प्राय : दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरवाही नै बढी देखिएको छ । यही २२ गते रेसुङगा नगरपालिका २ र ३ मा अवस्थित शिवालय सामुदायिक बन, बतासे सामुदायिक बन र  रेसुङगा ८ को रेसुङगा सामुदायिक बनमा आगलागी भएको छ । 

आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ । 

बिहीबार बिहानैदेखि रेसुङ्गा क्षेत्रमा आगलागी भएको थियो। आगलागीका कारण रेसुंगा पार्क उच्च जोखिममा परेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.