कपिलवस्तुको सिकोटवा गाउँमा झाडापखाला फैलियो

कपिलवस्तुको सिकोटवा गाउँमा झाडापखाला फैलियो
झाडा पखाला तथा हैजा देखिएको कपिलवस्तु नगरपालिका वडा नं.३ को सिकोटवा गाउँ। तस्बिर : गोपाल भण्डारी

कपिलवस्तु : कपिलवस्तु नगरपालिका वडा नं.३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चार/पाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो । 

झाडापखालाका बिरामीहरूको संख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । सो गाउँबाट झाडापखालाका बिरामी अस्पताल आएको र उनीहरूको सघन ढंगबाट उपचार भइरहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.विपिन जयसवालले बताए । 

अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका बिरामीलाई छुट्टै राखेर विशेष ढंगबाट उपचार गर्न स्वास्थ्यकर्मीको एक स्पेशल टोली परिचालन गरेका छौं,'मे.सु.डा.जयसवालले भने,'दुषित खानेपानी र सरसफाइ अभावका कारण यस प्रकारको रोगहरू देखिएको हुनसक्छ ।'

स्वास्थ्यकर्मीको टोलीले कालिका स्वाबलम्वन सामाजिक केन्द्रको सहयोगमा गाउँका घरघरमा अहिले खानेपानीको शुद्धता चेक जाँच गरिरहेका छन् । नगर प्रमुख सुदीप पौडेलको निर्देशनमा तत्काल रोगग्रस्त गाउँमा नगरपालिकाबाट आवश्यक स्वास्थ्य सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छ । 

उनीहरूले स्वास्थ्य सल्लाह सहित मास्क,सेनिटाइजर,साबुनलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् । बिरामी भएका घर परिवारको अनुगमन गर्दा उनीहरुले प्रयोग गर्ने शौचालय व्यवस्थित नभएका कारण त्यहाँबाट हैजाको किटाणुहरू फैलिएको कपिलवस्तु नगरपालिकाकी स्वास्थ्य शाखाकी निमित्त प्रमुख उमा थापाले बताइन् ।

कपिलवस्तु जिल्लालाई पूर्ण खुलामुक्त जिल्ला घोषणा गरिए पनि शौचालयको प्रयोग नहुनु,प्रयोग भए पनि व्यवस्थित नहुनु,खानेपानी दुषित हुनु,स्वास्थ्यसम्बन्धी बानी व्यवहारमा ध्यान नदिइनु जस्ता कारणबाट जिल्लामा पटकपटक झाडा पखाला तथा हैजा जस्ता प्रकोपहरू देखिने गरेको छ ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.