सिरहामा एसईई : नक्कली विद्यार्थी पक्राउ, निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

सिरहामा एसईई : नक्कली विद्यार्थी पक्राउ, निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

सिरहा : माध्यमिक शिक्षा परीक्षा (एसईई)को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाका विभिन्न केन्द्रहरूबाट नक्कली विद्यार्थी, प्रश्नपत्रको गोपनियता भंग गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ। मर्यादा विपरीत कार्य गर्ने दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। प्रहरीले परीक्षार्थीहरूबाट १२१ थान मोबाइल पनि बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सन्तोष आचार्यका अनुसार मिर्चेया नगरपालिका-१ स्थित श्री शारदा मावि रामपुरबिर्ता परीक्षा केन्द्रमा जन सेवा मावि कर्जन्हाको (सिम्बोल नं ०१६०२०७३ E)को परीक्षार्थी अभिषेक महराको प्रवेशपत्रको फोटोकपी लिई परीक्षा दिइरहेको नक्कली परीक्षार्थी कर्जन्हा नगरपालिका-५ का १६ वर्षीय अर्जुन महरालाई पक्राउ गरिएको छ। 

महरालाई इलाका प्रहरी कार्यालय मिर्चेयामा राखी थप अनुसन्धान भइरहेको छ। यसैगरी बरियारपट्टी गाउँपालिका-५ स्थित जनता मावि झिझौल कजरा परीक्षा केन्द्रमा सोही गाउँपालिका-२ का १५ वर्षीय विकास कुमार रायलाई परीक्षा केन्द्र बाहिर बसी मोबाइलबाट प्रश्न पत्रको गोपनियता भंग गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका छन्। उनलाई जिल्ला अदालतबाट दिन ७ को म्याद लिई इप्रका महेशपुरपतार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.