गोरखामा ५ दृष्टिविहीन विद्यार्थी एसईईमा सहभागी

गोरखामा ५ दृष्टिविहीन विद्यार्थी एसईईमा सहभागी
सुन्नुहोस्

गोरखा : माध्यमिक परीक्षा परीक्षा (एसईई) पहिलो दिन गोरखामा ३ हजार ६४५ जना परीक्षामा सहभागी भएका छन्। एसईई आवेदन फर्म भरेका ३ हजार ६६२ जना परीक्षार्थीहरूमध्ये पहिलो दिन १७ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ। आठ जना छात्रा र नौ जना छात्र परीक्षामा गयल भएका हुन्। 

गोरखाका दुई विद्यालयका पाँचजना दृष्टिविहीन विद्यार्थीले पनि एसईई दिएका छन्। आरुघाट गाउँपालिका ३ को जलकुमारी माविका चार जना दृष्टिविहीन विद्यार्थीले गण्डकी मावि आर्खेत केन्द्रबाट एसईई  दिइरहेका छन्। त्यस्तै सरस्वती मावि आहाले परीक्षा केन्द्रमा सरस्वती माविकै एकजनाले एसईई दिइरहेका हुन्।

त्यस्तै मनकामना बहिरा माविका १६ जना बहिरा विद्यार्थीहरूले रत्नराज्य मावि वीरेन्चोक परीक्षा केन्द्रमा पनि परीक्षा दिइरहेका छन्। कूल तीन हजार छ सय ६२ परीक्षार्थीमध्ये पहिलो दिन तीनहजार छ सय ४५ जनाले मात्र एसईई परीक्षा दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.