कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्छ, गुटगत एकता गरौं : गगन थापा

कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्छ, गुटगत एकता गरौं : गगन थापा
फाइल तस्बिर
सुन्नुहोस्

परासी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुट एक नभएसम्म आगामी निर्वाचनको मिसन-८४ पूरा नहुने बताएका छन्। स्थगित भएको आफ्नो ‘संवाद यात्रा पुनः सुचारु गर्न नवलपरासी पुगेका महामन्त्री थापाले आगामी चुनावमा कांग्रेस कसैसँग नटाँसिएरै चुनाव लड्ने भएकाले त्यसका लागि पार्टीभित्रकै गुट एक हुनुपर्नेमा जोड दिएका हुन्। 

गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको प्रतापपुरमा पुगेपछि कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपश्चात स्थगित भएको थियो। रोकिएको यात्रालाई सोही ठाउँबाट पुनः निरन्तरता दिन उनी त्यहाँ पुगेका हुन्। 

प्रतापपुरस्थित गुठीप्रसौनीमा रहेको विपी कोइरालाको शालिकमा माल्यार्पण गरेर महामन्त्री थापाले संवाद यात्राको सुरु गरेका हुन्। माल्यार्पणपछि सदरमुकाम परासी पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गुटका कारण कांग्रेसका ८ लाख क्रियाशिल कार्यकर्ता आफैंमा असन्तुष्ट र दुःखी भएको बताए। 

‘पहिला कांग्रेसभित्र खुसी र सन्तुष्ट ल्याउनु पर्‍यो। कांग्रेसभित्र खुसी ल्यायो भने सन्तुष्ट र खुसी कांग्रेस समुदायभित्र उठिरहन्छ,’ नेता थापाले भने। कांग्रेस पार्टी अरुसँग होइन, आफ्नै सँग लड्दा लड्दै दुःखी भएको बताए। ‘कांग्रेस कोहीसँग टाँसिन्न। तर, एक्लै लड्दा एकता आवश्यक भएकाले त्यसका लागि तल्लो तहबाटै एकता आवश्यक छ,’ उनले भने। 

गुटको लडाइँ केन्द्रबाट आएर समाधान नहुने भन्दै नेता थापाले त्यसका लागि जिल्ला तहबाटै त्यसको सुरुवात हुनुपर्ने र केही जिल्लामा त्यसको सुरुवात भइसकेको उनको तर्क थियो। हिजोका गल्ती कमजोरीलाई आत्मसाथ गर्दै आगामी मिसनका लागि कार्यकर्ताहरू मतदाता समक्ष जान पनि उनले जिल्लाका नेता कार्यकर्तालाई आग्रह गरे। 

नेता थापाले सुरु गरेको मेची-महाकाली संवाद यात्रा १७ गते बाँकेमा पुगेर पुनः स्थगित हुने छ। संवाद यात्रा २३ जिल्लामा हुने गरी सुरु गरिएको हो। ‘सदन चल्ने भएकाले १७ गते बाँकेमा पुगेर संवाद यात्रा रोकिन्छ। त्यसपछि बाँकी रहेका ४ जिल्लामा ३ दिनको समय तोकेर पुनः सुचारु हुन्छ,’ संवाद यात्राका क्रममा सँगै रहेका महाधिवेशन प्रतिनिधि सुवास अधिकारीले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.