नेप्से परिसूचक १० अंकले बढ्यो , कारोबार रकम घट्यो

नेप्से परिसूचक १० अंकले बढ्यो , कारोबार रकम घट्यो
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा कायम भएको थियो।

नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा अडिएको छ। सेन्सेडिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६१.६३ विन्दुमा कायम भएको हो। यसदिन ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन सोमबार  २ अर्ब ४८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबा भयो।  डोल्टी पावर र सर्वोत्तम सिमेन्टको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

वीन नेपाल लघुवित्त वित्तीयको ९.४३ प्रतिशतले बढ्दा पिपुल्स पावरको ७.७३,थ्री स्टर हाइड्रोपावरको ६.७६ प्रतिशतले बढ्यो। कारोबार रकमका  आधारमा शिवम सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड ३१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सोनापुरको ८ करोड,जोशी हाइड्रोपावरको ८ करोड २९ लाख,गुराँस फाइनान्स ८करोड,हिमालयन रिइन्स्योरेन्सको ६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका  छन्। यसदिन अनु एण्ड प्रो समूहको उपसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.