उद्योगमन्त्री भण्डारी र बंगलादेशका राज्यमन्त्रीबीच भेट, दुई देशबीचका व्यापारिक समस्या समाधानमा जोड

उद्योगमन्त्री भण्डारी र बंगलादेशका राज्यमन्त्रीबीच भेट, दुई देशबीचका व्यापारिक समस्या समाधानमा जोड
तस्बिर : मन्त्री भण्डारीको सचिवालय
सुन्नुहोस्

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बंगलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच काठमाडौंमा आज भेटवार्ता भएको छ। दुई पक्षीय हितका विषयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून नै रही आएकामा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए। 

उनले अन्तर्राष्ट्रिय व्यापारमा दुई मुलुक बीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिए। बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रही आएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका हुन्। 

दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रुपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहल कदमीका लागि मन्त्री भण्डारीले आग्रह गरे।

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई महत्त्वपूर्ण रुपमा प्रवर्द्धन गर्ने गरी यस सम्झौतालाई अन्तिम रुप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए। 

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोंगलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बंगलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुद्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुटको सञ्चालनका लागि मन्त्री चौधरीसँग उनले आग्रह गरे।

मन्त्री भण्डारीले नेपाल–बंगलादेश व्यापारका लागि काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फुलबारी भन्सार विन्दुबाट मात्र बंगलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएकामा ध्यानाकर्षण गराए।  

उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको जानकारी गराउँदै बंगलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे।

अति कम विकसित मुलुकका रुपमा समेत सहयोगको विस्तार गर्दै संयुक्त रुपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारी लगायतका विषयमा समेत दुई देशबीच सहयोग आदान प्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए।

भेटका क्रममा बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै बंगलादेश फर्केर आफूले सो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए। उनले नेपाल र बंगलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए। राज्यमन्त्री चौधरीले अप्रिलमा हुने दुई देशका सचिव र सहसचिव स्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.