बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा
सुन्नुहोस्

बझाङ : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ। एमालेका दमनबहादुर भण्डारीले  ३ हजार १८५ मतसहित अग्रता बनाइरहेका छन्। नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले  २ हजार ५७० मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८  मत रहेको छ। 

छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको पाँच वटा वडाको मतगणना सकिएको छ। नेपाली कांग्रेसको राम्रो पकड रहेको खप्तडछान्नामा वडा नम्बर १ देखि ५ सम्म मतगणना गर्दा एमालेभन्दा कांग्रेस १ सय ७३ मतले मात्र अघि रहेको देखिएको छ। 

एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन्।  बझाङमा अझै जयपृथ्वी नगरपालिकासहित सुर्मा, साइपाल, मष्टा, तल्कोट गाउँपालिकामा मतगणना हुन बाँकी छ। बझाङ सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आज दिउँसो २ बजेबाट सुरु भएको मतगणना दुई ठाउँबाट तीव्र रुपमा भइरहेको छ। अहिलेसम्म १३ वटा वडाको मतगणना सकिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.