परिक्रमा यात्रीले कन्चनवनमा होली खेल्यो

परिक्रमा यात्रीले कन्चनवनमा होली खेल्यो
सुन्नुहोस्

महोत्तरी : १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी यात्रीहरु आइतबार एक आपसमा रग अविर दलेर होली खेलेका छन्। महोत्तरीको भंगहा नगरपालिका–९ स्थित कञ्चनवन पवाड (स्थान) मा एका बिहानै आइपुगेका यात्रीहरु आइतबार दिउँसो होली खेलेका छन्। उनीहरु एक आपसमा रंग अविर दलि हर्षोउल्लासपुर्वक रंगीन पर्वको उत्सव मनाएका छन्।

कञ्चनवनमा आएका परिक्रमा यात्रीलाई जनप्रतिनिधी, सुरक्षाकर्मी तथा विभिन्न राजनितीकर्मी लगायतका व्यक्तित्वहरुले यात्रीहरुलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिएको थिए। 

यहीँबाट मिथिलाञ्चलक्षेत्रमा होली पर्वको सुरुवात भएको धार्मिक विश्वास रहेको छ।  कंचनवनमा आइतबार भव्य मेलाको आयोजना गरिएको थियो। त्रेतायुगमा सीता र भगवान् रामले यहि एक आपसमा रङ अबिर लगार होली खेलेको धार्मिक विश्वास छ।

आइतबार राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री सोमबार क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कन्छन्।

जनकपुरमा फागु पूर्णिमाको दिन होलीका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ। परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा पडाव स्थल छन्। जहाँ परिक्रमा यात्री रात्रि विश्राम गर्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.