नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बहराइनमा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बहराइनमा
सुन्नुहोस्

साउदी अरेबिया : नेपाली राष्ट्रिय पुरुष  फुटबल टोली बहराइन पुगेको छ। फिफा विश्वकप र एएफसी एसियन कप छनोट खेल खेल्नका लागि टोली बहराइन पुगेको हो। छनोट खेल अन्तर्गत नेपाल र बहराइन बीच आगामी २१ मार्च बिहीबार साँझ रफास्थित बहराइन नेशनल स्टडियममा हुनेछ भने दोस्रो खेल २६ मार्च मंगलबार हुनेछ।

टोलीलाई स्वागत गर्न नेपाली दूतावास, एनआरएन बहराइन, नेपाली क्लब लगायत बहराइनस्थित ३३ वटा संघ संस्थाले संयुक्त रूपमा बहराइन एरपोर्टमा स्वागत गरेका थिए। 

टोलीमा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसे सहित गोलकिपरमा किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार  रहेका छन् भने डिफेन्डरमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ साथै मिडफिल्डरमा  भारत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सव राई  साथै फरवार्डमा  अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की  रहेका छन्। 

एशिया विश्वकप छनौटमा नेपाल  एच समूहमा  रहेको छ। समूहमा नेपालसँगै यमन, युएई र बहराइन रहेका छन् भने नेपालले यसअघि खेलेका २ खेलमा हार बेहोरेको थियो जसअन्तर्गत पहिलो खेलमा युएईसँग ४-०  यमनसँग २-० गोल  गोल अन्तरले हारेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.