‘पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै खेलकुदको पूर्वाधार विकासमा ध्यान दिनुपर्छ’

‘पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै खेलकुदको पूर्वाधार विकासमा ध्यान दिनुपर्छ’
सुन्नुहोस्

पोखरा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै खेलकुदको पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्नेमा बताएका छन्। लेखनाथमा नेकोस खेल महोत्सवको शनिबार उद्घाटन गर्दै उनले खेलप्रति युवालाई आकर्षण गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्। 

उनले भने,‘पोखरामा राष्ट्रिय र अन्तराष्ट्रिय खेल आयोजना गर्न सक्ने संरचना बनाउन सक्दा पर्यटन क्षेत्रको विकास हुन्छ।’

उनले मुलुक अप्ठेरो अवस्थाबाट गुज्रिरहेको बेला नयाँ सत्ता समीकरण बनेको स्पष्ट पारे। पोखरेलले भने,‘जनतामा निराशा बढिरहेको अवस्था छ। मुलुकलाई सही दिशातर्फ फर्काउनु पर्छ भनेर नयाँ राजनीतिक यात्रा आरम्भ भएको छ।’

null

आन्तरिक र बाह्य पर्यटनको प्रवर्द्धधन, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित प्रतियोगिता चैत्र ११ गतेसम्म सञ्चालन हुने नेपाल खेलकुद महासंघ कोषाध्यक्ष एवम् प्रवक्ता उज्वल सुवेदीले जानकारी दिए । 

null

महोत्सवमा फुटबल, ब्याडमिन्टन, तेक्वान्दो, एथ्लेटिक, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्लास्तरीय विद्यालयस्तरीय नृत्य प्रतियोगिता, संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता हुने सुवेदीले बताए। खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फ सर्वाधिक पुरस्कार रहेको छ। विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.