आगलागीले ८ घर जलेर नष्ट

आगलागीले ८ घर जलेर नष्ट
सुन्नुहोस्

भोजपुर : जंगलबाट सुरु भएको आगालागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ। भोजपुर नगरपालिका-१२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासीको घर जलेको हो।

शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो।  

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए। मानवीय क्षति नभए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको राईले जानकारी दिए।

स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगलागीले क्षति पुर्‍याएको मालबाँसे बस्तीबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए। आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पीडित नरबहादुर कार्कीले सुनाए।

बढ्दो सुक्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.