भद्रपुरबाट भन्सार छलेर भित्राइएको एक लाखको सुर्ती बरामद

भद्रपुरबाट भन्सार छलेर भित्राइएको एक लाखको सुर्ती बरामद
सुन्नुहोस्

झापा : भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी एक लाख मूल्य बराबरको सुर्ती प्रहरीले बरामद गरेको छ। 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ३ बजेको समयमा भद्रपुर–४ स्थित मेची नदी किनारबाट सो मूल्य बराबरको सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

१०३/७ सीमा पिलर छेउबाट तस्करहरूले टाउकोमा हालेर भित्र्याइरहेको अवस्थामा प्रहरीले १४ बोरा सुर्ती बरामद गरेको हो। प्रहरीलाई देख्न साथ तस्करहरू सुर्तीका बोरा छाडेर भारततर्फ भागेका थिए। 

बरामद गरिएको सुर्ती भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। १०३/७ सीमा पिलर नजिकै सशस्त्र प्रहरीको बिओपी महेशपुर छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.