बोलेरो दुर्घटनामा मृतक ८ जनाको पहिचान खुल्यो

बोलेरो दुर्घटनामा मृतक ८ जनाको पहिचान खुल्यो
सुन्नुहोस्

भोजपुर : धरानबाट १६ जना यात्रु बोकेर भोजपुरतर्फ हिँडेको बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। बिहीबार को१ज २५९३ नम्बरको बोलेरो जिप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटनाग्रस्त भएको हो। 

हतुवागढी गाउँपालिकाको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको उक्त बोलेरो बिहान ११ बजे भीरबाट करिब ५ सय मिटर तल खसेको थियो। मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ दितेनीका चन्द्र प्रकाश राई, पर्वतमाया राई, दिशान राई, हतुवागढी गाउँपालिका-५ का रामकुमारी राई, किसन राई, बराहक्षेत्र ३ का पदमबहादुर थापा, इटहरी घर भएकी कमला अधिकारी र चालक हतुवागढी गाउँपालिकाकै मानबहादुर बस्नेत रहेका छन्। 

गाडीमा सवार अन्य ९ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका हतुवागढी गाउँपालिका-२ का किसन राईको उपचारका अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताए। 

गाडीमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ। हतुवागढी गाउँपालिकाको हसनपुरमा रहेको प्रहरी चौकी र घोरेटारबाट १२ जना प्रहरी टोली घटनास्थलबाट घाइतेहरूको उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.