झापाको भगवती प्लाइउड उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

झापाको भगवती प्लाइउड उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइउड) उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।  सोमबार बिहान करिब सवा ५ बजेदेखि आगलागी भएको हो। ६ घण्टादेखि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । 

आगो नियन्त्रणका लागि जिल्लाका आठवटा वारुणयन्त्र,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयबासी खटिएको एसपी केसीले बताए । ‘उद्योगका लागि भण्डारण गरी राखिएको गोलिया गोदामको मुख्य ब्लकमा आगो लागेको हो,'एसपी केसीले भने,‘त्यहाँ मजदुर नरहेकोले कुनै मानवीय क्षति हुन पाएन,तयारी प्लाइउडमा समेत कुनै क्षति पुगेको छैन ।’ 

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण आउने उनले बताए।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला,प्रहरी कार्यालय झापाका एसपी मिलन केसी,सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कवीन्द्र राईलगायतको टोली पुगेको थियो। सो उद्योगमा १४ सय मजदुर कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.