झापा गोल्डकपको उपाधिका लागि एपिएफ र चर्च ब्वाइज भिड्दै

झापा गोल्डकपको उपाधिका लागि एपिएफ र चर्च ब्वाइज भिड्दै
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : छैठौं झापा गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौं भिडदैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो ३ बजेबाट हुने फाइनल खेलमा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् । 

फाइनल खेलको पूर्वसन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिम कोचले उपाधि हात पार्ने दाबी गरेका हुन् । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ पहिलो पटक फाइनलमा पुगेको हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी जनाउँदै फाइनलमा पुग्न सफल भएको हो । 

उद्घाटन खेलमा संकटा यूथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ क्वाटरफाइनल प्रवेश गरेका थिए । क्वाटरफाइनलमा एपीएफले टाइब्रेकरमा सर्लाहीको बागमती यूथ क्लबलाई ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफ फाइनलसम्म पुगेको हो । 

त्यसैगरी चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा एनआरटीमाथि १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा आफ्नो स्थान बनायो । 

चर्च ब्वाइजका कोच रोबिन राईले एपिएफ बलियो टिम भएपनि उपाधि जित्न मैदानमा रणनीतिका साथ उत्रिने बताए । त्यस्तै एपीएफ टिम कोच सुशील अधिकारीले उपाधि जित्न कुनै कसुर बाँकी राख्ने बताए ।  गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ। उपबिजेताले सात लाख रुपैयाँ पाउने छ । 

फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट सुरू भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.