परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। रायसिना संवाद (#RaisinaDialogue2024)का लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच भेटवार्ता भएको हो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्री साउदलाई स्वागत गर्दै समकक्षी जयशंकरले रायसिना सम्बादमा नेपालको सहभागितालाई लिएर खुसी व्यक्त गरे। 'रासिना संवादमा भारतका छिमेकीहरूको उपस्थिति स्वभाविक हो। हामीबीचको छलफलले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँछ,' जयशंकरले सामाजिक सञ्जालमा भनेका छन्।

परराष्ट्रमन्त्री साउद सो कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। कार्यक्रमलाई उनले आज सम्बोधन गर्ने कार्यक्रम तय थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.