हिउँ पन्छाएर रारा ताल जाने नाग्म-गमगढी सडकखण्ड खुलाइयो

हिउँ पन्छाएर रारा ताल जाने नाग्म-गमगढी सडकखण्ड खुलाइयो
तस्बिर : जीवन सेजुवाल

मुगु : हिमपातपछि अवरुद्ध रहेको नाग्म-गमगढी सडक खण्डमा हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म-गमगढीअन्तरगत  बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक सुचारु गरेको हो । 

मंगलबार,बुधबार र बिहीबार लगातार हिउँ पर्दा यो सडकखण्ड अवरुद्ध  भएको थियो। बिहीबार र शुक्रबार दिनभरी सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकहरू लगाएर हिउँ पन्छाइ सडक सुचारु गरिएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।

हिउँ पर्ने थालेपछि अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालयले सडक रक्षक र स्काभेटर तैनाथ अवस्थामा राखेको छ। प्रमुख पर्यटकीय गन्तव्यस्थल रारा घुम्न आउने पर्यटकहरू यही मार्गबाट आउने भएकाले   सधैं व्यस्त हुने गर्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.