तिवारीभञ्ज्याङ अँधेरीघाट सडक कालोपत्रे सुरु

तिवारीभञ्ज्याङ अँधेरीघाट सडक कालोपत्रे सुरु
सुन्नुहोस्

भोजपुर : भोजपुरलाई तराइसँग जोड्ने ३१ किलोमिटर दूरीको तिवारीभञ्याङ अधेँरीघाट सडकको पहिलो प्याकेज अन्तर्गतको कालोपत्रे सुरु भएको छ। पहिलो चरणअन्तर्गत पुष्पलाल मध्यपहाडी लोकमार्गदेखि पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेबजारसम्मको करिब ३ किलोमिटर सडकखण्डको कालोपत्रे सुरु गरिएको हो।

जिल्लाभित्रको तराई जोड्ने सबैभन्दा छोटो मार्ग रहेको उक्त सडकको कालोपत्रे काम गाउँपालिकाको वडा नम्बर २, तिवारीभञ्याङबाट सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। पहिलो प्याकेज अन्तर्गतको कालोपत्रे निर्माणमा सडक डिभिजन कार्यालय तुम्लिङटारको पहिलो र दोस्रो प्याकेज गरी पाँच करोड दुई लाख र गाउँपालिकाको एक करोड गरी कुल ६ करोड बराबरको लागतमा काम भइरहेको उनले बताए।

सडक कालोपत्रे भएपछि स्थानीयवासीमा हर्ष छाएको छ। कालोपत्रे सम्पन्न भएपछि गाउँपालिका केन्द्र र तराइसँगको दूरी छोटिने र उत्पादित कृषि उपजहरू निर्यात गर्न सहज हुने वास्तिमका स्थानीय गणेश प्रधान बताउँछन्। ‘सडक कालोपत्र भएपछि बाह्रैमास यातायात चल्ने हुनाले स्थानीयलाई धेरै सहज हुनेछ, हाम्रा स्थानीय उत्पादनले राम्रो बजार पाउनेछ, ठूला सहरसम्म बिरामी लैजान र पुर्‍याउने सहज हुनेछ’, उनले सुनाए।

सडकको कालोपत्रे काम संघीय समपुरक अनुदान, प्रदेश समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा सुरु गरिएको हो। पहिलो चरणमा एक किलोमिटर तीन सय मिटर कालोपत्रे गरिनेछ। गत पुस पहिलो हप्ताबाट सडकको कालोपत्र काम २०८१ असार २० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता रहेको छ। 

कालोपत्र बनेपछि स्थानीय नागरिकको दैनिक जीवनमा परिवर्तन आउने अपेक्षा राखिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। सडकले भोजपुरलाई तराईका जिल्लासँग जोड्नेगरि सबैभन्दा छोटो दूरीको मार्ग बन्ने उनी सुनाउँछिन्। ‘यो सडकले पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोललाई समेटेको छ, सडक कालोपत्रे बनेपछि पौवादुङमाबासीको जीवनयापनमा प्रत्यक्ष लाभ पुग्नेछ। सडक कालेपत्रे बनेपछि यहाँका कृषि उपजले समेत राम्रो बजार पाउनेमा विश्वस्त छु’' उनले भनिन्। 

पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्रे गरिने भए पनि आगामी ३ वर्षभित्र सम्पूर्ण ३१ किलोमिटरकै सडकखण्ड कालोपत्रे गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाको गौरवको योजना नै बनाएर कालोपत्रे थालिएको उनले बताए। उनले भने, ‘यो सडक हाम्रो गाउँपालिकाको गौरवको योजना हो। धेरै मेहनत गरेर श्रोतको व्यवस्थापन गरी कालोपत्रको काम थालनी गरेका छौँ।’

निर्माणाधीन कालोपत्रे सडक ड्रेन नालीसहित ८ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्न जेभी धनकुटाले जनाएको छ। प्रिमिक्स प्रविधिबाट निर्माण भइरहेको उक्त सडकको कालोपत्र गुणस्तरीय रहेने जनाइएको छ। तोकिएको मापदण्ड अनुसार सडकलाई समयमा सम्पन्न गराउने निर्माण कम्पनीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.