किसानलाई मिल हस्तान्तरण

किसानलाई मिल हस्तान्तरण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा किसान संरक्षण तथा उत्थान कार्यक्रम सञ्चालन गरिएको छ। जस अन्तरगत विदुर नगरपालिकामा रहेका सहकारी संस्थामार्फत किसानहरुका लागि कुटानीपिसानी मेसिन प्रदान गरिएको छ। 

विदुर नपाका ७ वटा कृषि सहकारी संस्थालाई धान कुटेर चामल निकाल्ने र पिठो पिस्ने मेसिन हस्तान्तरण गरिएको हो। विदुरमा आयोजित कार्यक्रममा विश्व खाद्य कार्यक्रमद्वारा प्राप्त  कुटानपिसानी मेशिन(मिल) विदुर नपाका मेयर राजन श्रेष्ठले सहकारी संस्थाहरुलाई हस्तान्तरण गरे।

उनले किसान संरक्षण तथा कृषि उपजको उतपादन वृद्धिका लागि नपाले विविध योजनाहरु बनाइरहेको वताए।  कुटानीपिसानी मिल पाएका सहकारीहरुमा विदुर ३ को फिर्केप सामुदायिक कृषि सहकारी, विदुर ५ को अकलादेवी कृषि सहकारी, विदुर ७ को मिलन महिला कृषि सहकारी, विदुर ९ को भेटघाट कृषि सहकारी, विदुर ११ को अजम्वरी साना किसान कृषि सहकारी, विदुर १२ को कैलाशपुर कृषि सहकारी र  विदुर १३ को निर्माण कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।

कुटानीपिसानी मिल हस्तान्तरण कार्यक्रममा विदुर  नपाका  उपमेयर प्रभा वोगटी, प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार खनाल, सहकारी शाखाकी प्रमुख नानीमैया नेपाल तथा साझेदारी सस्थाका प्रतिनिधि शान्ति लामाको सहभागिता रहेको थियो। आधुनिक प्रविधिको सो मिलबाट धान कुटेर चामल निकाल्न र जुनसुकै अन्न पिसेर पिठो निकाल्न सकिने रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.