महोत्तरीमा अवैध रूपमा ल्याइएको कपडा बरामद

महोत्तरीमा अवैध रूपमा ल्याइएको कपडा बरामद
सुन्नुहोस्

महोत्तरी : महोत्तरीमा अवैध रूपमा ल्याइएको कपडा बरामद गरिएको छ। सोमबार बिहान गौशाला नगरपालिका-२ निगौलबाट ३ वटा टेम्पु र २ वटा मोटरसाइकलमा लोड गरी गौशाला बजारतर्फ ल्याउँदै गरेको अवस्थामा ११ लाख २८ हजार ३ सय मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रहरीको गस्ती टोलीले प्र २– ०२–००१ ह १७२३ नम्बरको टेम्पो, स १ ह ५२८० नम्बरको टेम्पो, प्र ०४–००१ ह ०१५२ नम्बरको टेम्पो तथा बी आर ०० एटी ०४४१ नम्बरको मोटरसाइकल र बी आर एजेड ०६७९ नम्बरको मोटरसाइकलमार्फत तस्करहरूले सो कपडाहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ३ वटा टेम्पुको अन्दाजी मुल्य ९ लाख र २ वटा मोटरसाइकलको अन्दाजी मूल्य १ लाख) गरी २१ लाख २८ हजार ३ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो। अवैध रूपमा कपडा ल्याएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

गौशाला नगरपालिका-२ का ३० वर्षीय अताबुल राईन, २८ वर्षीय अस्लम बैठा धोवी, ३५ वर्षीय बिपिन कुमार चौधरी, तथा  सम्सी गाउँपालिका-६ का २१ वर्षीय श्याम साह, सोही पालिकाको वडा नम्बर ७ का २२ वर्षीय विलौछन यादव, सोनमा गाउँपालिका-१ का २६ वर्षीय संजय कमार साह पक्राउ परेका हुन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.