भोजपुरमा शिक्षकमाथि निर्घात कुटपिट

भोजपुरमा शिक्षकमाथि निर्घात कुटपिट
सुन्नुहोस्

भोजपुर : सामान्य भनाभनका क्रममा शिक्षकमाथि निर्घात कुटपिट भएको छ। भोजपुरको षडानन्द नगरपालिका-४, दिङ्लाबजारस्थित अरुण माविका शिक्षक नीलबहादुर चौहानमाथि कुटपिट भएको हो।

गत शनिबार विद्यालयको काम सकाएर बजार जाने क्रममा सामान्य भनाभन भएपछि स्थानीय पवन राईले शिक्षक चौहानमाथि मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते चौहानलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

कुटपिटपछि ज्यान मार्ने धम्कीसमेत दिएपछि पीडित परिवारले राईमाथि कडाभन्दा कडा कानुनी कारबाही र उपचार क्षतिपूर्तिको माग गरेका छन्। ‘दिनदहाडै ज्यान मार्ने धम्किसहित निर्घात कुटपिट भएको छ। न्याय र ज्यानको सुरक्षाका लागि सम्बन्धित निकायसँग माग गर्छौं’, पीडितका आफन्तले भने।

शिक्षक चौहानमाथि भएको कुटपिटप्रति घोरभत्र्सना जनाउँदै शिक्षक महासंघ दोषी राईमाथि कानुनी कारबाहीको जोडदार माग गरेको छ। नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष ज्ञानराज खुलालले घटनाबाट पीडित शिक्षकको हक र नैसर्गिक अधिकारको प्रत्याभूतिका लागि स्थानीय प्रशासन र प्रहरी प्रशासनले तत्काल कदम चाल्नुपर्ने बताए।

‘एक शिक्षकमाथि यसरी गुण्डाशैलीमा दिनदहाडै कुटपिट गरिनु मौलिक हक र कानुनी शासनको खिल्ली उडाएको सरह हो। हाम्रो माग भनेको दोषीमाथि कडा कारबाहीको माग हो। अन्यथा सम्बन्धित निकायसम्म हामी जानेछौँ।’ अध्यक्ष खुलालले भने। दोषी राईमाथि तत्काल कारबाही प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने संघले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.