वर्तमान सरकारका कारण अर्थतन्त्र संकटमा : अध्यक्ष ओली

वर्तमान सरकारका कारण अर्थतन्त्र संकटमा : अध्यक्ष ओली
तस्बिर : विक्रम परियार
सुन्नुहोस्

रुकुमपूर्व  : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका छन् । एमालेले तय गरेको 'झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा' का क्रममा रुकुमपूर्व पुगेका ओलीले गठबन्धन सरकारका कारण अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको आरोप लगाए।

अध्यक्ष ओलीले देश अहिले ऋणको भरमा चलिरहेको बताए । देशभित्रका दलाल पुजीवादी र देश बाहिरका तत्वहरुले देशलाई अस्थिर बनाउन खोजिरहेको आरोप लगाए।

ओलीका अनुसार गठबन्धनको सरकारबाट जनतामा निराशा छाएको छ । देशको अस्थिर राजनीति र अराजकताले जनताको दैनिकी दयनीय भइरहेको उनले दावी गरे। ओलीले वर्तमान गठबन्धन सरकारले विकास निर्माण र राजस्व उठाउन नसकेको जिकिर गरे।

ओलीले मिसन ८४ मा बहुमत ल्याउनेगरी काम गर्न कार्यकर्तालाई निर्देशन समेत  दिए । समाजवाद उन्मुख बाटोमा अघि बढ्न र जागरणसहित समस्या संकलनका लागि अभियान सञ्चालन गरेको उनको भनाइ छ। ओलीले उत्तरतिरका नाकाहरू खोलिएकाले अबका दिनमा नाकाबन्दी नहुने दावी गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.