बलात्कारपछि हत्या गरेको आरोपमा युवक पक्राउ

बलात्कारपछि हत्या गरेको आरोपमा युवक पक्राउ
सुन्नुहोस्

भोजपुर : भोजपुरको आमचोक गाउँपालिकामा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। शनिबार बिहान आमचोक गाउँपालिका-६, टेङलुङछुकको जंगलको गुफामा सात वर्षीया नाबालिकाको शव फेला परेको थियो। बलात्कारपछि हत्या गरेको आरोपमा २१ वर्षीय युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा सोही स्थानका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले जानकारी दिए। नाबालिका बिहीबार साँझदेखि हराइरहेकी थिइन्। 

परिवारले आफ्नी खेलिरहेको छोरी हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय बयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट २५ जनाको प्रहरी टोलीले खोजतलास गरेको थियो।

प्रहरीका अनुसार घटना हुनअघि अन्तिम पटक ती बालिका र अभियुक्त छिमेकी दीपचन्द्रको भेट भएको खुलेपछि उनीमाथि अनुसन्धान गरिएको थियो। ‘शरीरमा घाउहरू देख्यौं। त्यसपछि कसरी भयो भनेर सोध्दा घाँस काट्न जाँदा भएको भन्ने जवाफ आएपछि थप केरकार गरे पछि उनले घटना घटाएको स्वीकारे’, डीएसपी पाठकले भने।

शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा ती बालिकाको शव फेला परेको थियो। बालिकाको शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.