रातो रंगले सडक ‘मार्किङ’: एम्बुलेन्स सरह जाममा बस्नु नपर्ने

नेपालमा पहिलो पटक सूर्यविनायक–रत्नपार्क सडकमा द्रुत बस सञ्चालन हुँदै (फोटोफिचर)

नेपालमा पहिलो पटक सूर्यविनायक–रत्नपार्क सडकमा द्रुत बस सञ्चालन हुँदै (फोटोफिचर)
भक्तपुरका विभिन्न स्थानमा द्रुत बस सेवा सञ्चालनका लागि बनाइएका सडक लेन। तस्बिर : रविन भट्टराई

सडक विभागका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।

काठमाडौं : सरकारले बुधबारबाट सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ। द्रुत बस सञ्चालनका लागि पहिलेका सडक लेनलाई परिवर्तन गरी फरक मार्किङ गरिएको छ। 

द्रुत बस सेवा सञ्चालन नेपालमा पहिलोपटक गर्न लागिएको हो। असोज ३ गते संविधान दिवसको अवसर पारेर यसको उद्घाटन गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। 

null

द्रुत बसहरू चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। सडक विभागका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ। 

द्रुत सवारी चलेको समयमा यो मार्ग खाली राखिने र त्यहाँ चल्ने बसहरू एम्बुलेन्ससरह कुनै जाममा बस्नु नपर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

सडक विभागले राती र दिउँसो गरी सडकमा मार्किङको काम गरिरहेको छ। यो सडकमा चलाउन लागि यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ। 

सरकारले ट्राफिक व्यवस्थापनका लागि कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागेको हो। त्यसबाहेकको समयमा भने यो लेनमा सबै प्रकारका सवारीसाधन चल्न पाउनेछन्। द्रुत सवारी चलेको समयमा यो मार्ग खाली राखिने र त्यहाँ चल्ने बसहरू एम्बुलेन्स सरह कुनै जाममा बस्नु नपर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

संविधान दिवसका दिन परीक्षण गरेर एक सातासम्ममा पूर्ण रूपमा यो सेवा सुरु गर्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए। अहिले द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड लेन नै छुट्याइएको छ।

nullnullnullnullnullnull तस्बिरहरु : रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.