नेपालको शान्तिप्रक्रियाबारे अमेरिकी चासो

नेपालको शान्तिप्रक्रियाबारे अमेरिकी चासो

काठमाडौं : नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले नेपालको शान्तिप्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। 

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्तिप्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन्। 

भेटवार्तामा दुई देशीय सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा कुराकानी भएको थियो। भेटपछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्नेमा कुराकानी भएको बताए।

भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा आफूहरू खुसी र सकारात्मक भएको बताएका थिए। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्तिप्रक्रियाका बारेमा जिज्ञासा राखेको जानकारी दिए। 

जवाफमा एमाले अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुने गरी शान्तिप्रक्रिया टुंगोमा पुग्ने बताएका नेम्वाङले जानकारी दिए। 

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.