पूर्वप्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ। राजदूत थप्पसन मंगलबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्। 

भेटमा एमालेका नेता तथा विदेश विभाग प्रमुख राजन भट्टराईसमेत थिए। उनीहरुबीच दुई देशको पारस्परिक सम्बन्ध र अन्य समसामयिक विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ।

null

असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ। एमसीसी परियोजना कार्यान्यवनको मिति नजिकिएसँगै अमेरिकी राजदूतले नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन्।  

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित २०७८ साल फागुन १५ गते संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.