गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द
फाइल तस्बिर।

गोरखा : गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ।  

गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिए।

'गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो', उनले भने। मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन्। गर्मी बढ्दै गए  थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउँछन्। 

'कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन', उनले भने, 'यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ।' पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी  पुगेको छ। पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिए।

तनहुँमा पनि विद्यालय बन्द  
   
केहीदिन देखि बढेको अत्याधिक गर्मीपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ।  विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो। 

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरुले यसअघि नै  निर्णय गरिसकेका छन्। 

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाका सबै विद्यालयलाई बिदा दिइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए। त्यसैगरी यसअघि जिल्लाको देवघाट गाउँपालिकाले विद्यालय बिदा गर्दै आएको छ। 

त्यसैगरी व्यास नगरपालिका भित्रका केही विद्यालयहरुले मात्रै विद्यालय बिदा गरेका छन्। बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन्। 

व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती,निर्मल,जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिए। 

शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेको र बर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उनले बताए। 

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यस अघि सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा परिपत्र गरिसकेको छ। 

आवश्यकताको महसुस गरी विद्यालयले बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने निर्णय गरी संम्बन्धित विद्यालयलाई परिपत्र गरेको थियो। 

बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकाँश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं  बन्दीपुर १ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिए। 

पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको बिषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको उनले बताए। 

जिल्लाको ऋषिङ्ग,घिरिङ्ग,भीमाद,भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.