मानव बेचबिखन मुद्धाका फरार अभियुक्त २६ वर्षपछि पक्राउ

मानव बेचबिखन मुद्धाका फरार अभियुक्त २६ वर्षपछि पक्राउ
सुन्नुहोस्

नुवाकोट : २६ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई नुवाकोटमा प्रहरीले पक्राउ गरेको छ । कैद सजायका लागि कारागार चलान गरिएको छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा  दोषी ठहरिएका नुवाकोटको वेतिनीका एक जनालाई प्रहरीले  पक्राउ गरेर कारवाहीका लागि अदालत पठाएको छ । मकवानपुर जिल्ला अदालतको गत २०५५ साल माघ १९ गतेको फैसलाले ९ वर्ष ७ महिना १० दिन कैद सजाय फैसला भई  फरार रहेका नुवाकोटको दुप्चेश्वर गापा ४ का ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

तामाङलाई खोजतलास गर्ने क्रममा तादी गापा ४ सातबिसेमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी नुवाकोट जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए । पक्राउ परेका तामाङलाई अदालतले तत्काल कैद भुक्तानको लागि कारागार चलान गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.