ज्वेरेभ फ्रेन्च अोपनको सेमिफाइनलमा
पेरिस: अलेक्जेन्डर ज्वेरेभले बिहीबा राति क्वार्टरफाइनलमा थोमस मार्टिन एट्सेभेरीलाई ३–१ सेटको नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन्। गत वर्ष सेमिफाइनलमै घाइते भएका ज्वेरेभ लगातार तेस्रो पटक फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका हुन्।
पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका ज्वेरेभले दोस्रो सेट ३–६ ले गुमाएका थिए। तर, त्यसपछि लगातार तेस्रो र चौथो सेटमा ६–३ र ६–४ को नतिजामा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
जर्मन खेलाडी ज्वेरेभले फाइनल प्रवेशका लागि नर्वेर्जियन कास्पर रुडको सामना गर्नेछन्।
अर्को सेमिफाइनलमा नोभाक जोकोभिच र कार्लोस अल्काराज आमनेसामने हुनेछन्।