रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। 

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री, बाँफीकोट गाउँपालिका-८ की रेखा खत्री र उनको सानो छोराको दुर्घटनामा मृत्यु भएको छ।

सुत्केरी महिला र बच्चाको पहिचान सकेको छैन्। जिपमा जम्मा १४ यात्रु सवार थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए। गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई बताए। घटनास्थलमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.