पूर्वी रुकुम महोत्सवमा साढे २७ लाख संकलन

पूर्वी रुकुम महोत्सवमा साढे २७ लाख संकलन

रुकुम पूर्व : बृहत् पूर्वी रुकुम पर्यटन तथा सांस्कृतिक महोत्सवमा साढे २७ लाख रुपैयाँ संकलन भएको छ। 

आयोजकले सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा विभिन्न क्षेत्रबाट सहयोग संकलनबाट २ लाख ५० हजार रुपैयाँ संकलन भएको छ। स्टलबाट ५ लाख र टिकटबाट २० लाख गरी जम्मा २७ लाख ५० हजार संकलन भएको हो। 

गत चैत्र ३० गतेदेखि यही वैशाख १० गतेसम्म रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ रुकुमकोटस्थित रुक्मिणि माध्यमिक विद्यालयमा चलेको महोत्सवको आय व्यय र समीक्षा गरिएको छ। 

आयोजक समितिका संयोजक लखन स्वाँरले ७० हजार रुपैयाँ आयोजकलाई बचत भएको बताए। कलाकारहरूलाई पारिश्रमिक र अन्य खर्च बापत १२ लाख ५० हजार खर्च भएको छ। यातायातमा १ लाख ८० हजार, टेन्ट हाउसमा ४ लाख, साउन्ड सिस्टममा ५ लाख, मिडिया परिचालनमा ८० हजार, स्टेसनरीमा ७० हजार र होटेलमा २ लाख खर्च भएको हो। 

बचत भएको ७० हजारबाट सो विद्यालयलाई ३० हजार ५ सय रुपैयाँ सहयोग स्वरूप उपलब्ध गराइएको आयोजकले जनाएको छ। महोत्सवमा करिव २० हजार दर्शकहरूको उपस्थिति रहेको देखिएको छ। 

वैशाख ६ गते आन्तरिक रूपमा थप व्यवस्थापन गर्नका लागि महोत्सव बन्द गरिएको थियो। मष्त संगीत सांस्कृतिक तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वको आयोजनामा महोत्सव सुरु भएको हो। 

महोत्सवमा प्राविधिक त्रुटिका कारण धेरै स्थानीय झाकीहरूसहित स्थानीय पहिचान झल्काउने कला संस्कृतिहरूलाई प्रवर्द्धन गर्न नसकेको मष्त संगीत सांस्कृतिक तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वका अध्यक्ष प्रकाश रन्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.