सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय
सुन्नुहोस्

काठमाडौं :  नेकपा एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। भट्टराईले नेम्बाङले निर्वाचन जित्ने विश्वास व्यक्त गरेका छन्। नेम्बाङ पूर्व सभामुख समेत हुन्।

पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए। बालकोटको उक्त सहमतिमा एमालेको भागमा राष्ट्रपति परेको थियो । तर राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका छन्। 

यता नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो। सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। सोही अनुसार कांग्रेसको बैठकले उम्मेदवार तय गरेको हो।

वर्तमान सरकारको गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी छन्। राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।तर एमालेले भने गठबन्धन तोडिएको घोषणा नभएको बताएको छ। १० पुषमा एमालेले राष्ट्रपति पाउने सहमति भएकाले फागुन २५ गतेसम्ममा अहिलेको रणनीति परिवर्तन हुनसक्ने बताएको छ। २५ गते हुने निर्वाचनका लागि आज बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.