संस्कारसहितको शिक्षण सिकाइ

संस्कारसहितको शिक्षण सिकाइ

–उर्मिला पौडेल । लुइस एल हेको प्रसिद्ध भनाइ छ ‘समस्याहरू समाधान गर्ने होइन, सोचलाई सच्याउनुपर्छ। त्यसले समस्याहरूको समाधान गर्छ।’ एक दशकयता शिक्षिकाका रूपमा कार्यरत रहँदा मलाई कताकता लुइस हेका यी भनाइले हरदिन झक्झकाइरहन्छ।

हामी हरदिन समस्या पहिचान र समाधानको खोजीमा मात्रै रहिरह्यौं भने त्यसले झन् अरू समस्याहरू जन्माउँदै जाने रहेछ। तर हामीले थोरै सकारात्मक सोचलाई बढावा दिएर हर समस्यामा समाधान हुन्छन् भन्ने तथ्यलाई भुल्नु हुँदैन। समस्या सिकाइको पाटो पनि हो भन्ने पूर्वानुमान आफ्नो र बालबालिकाको कलिलो मस्तिष्कमा बीजारोपण गर्न सक्यौं भने जीवनको कुनै पनि मोडमा हरेश खानु पर्दैन। यो ज्ञान मैले मेरो शिक्षणको पेसागत अनुभवबाट प्राप्त गरेकी छु। मेरो विचारमा यही ज्ञान नै विद्यालय शिक्षणअन्तर्गतको व्यावहारिक शिक्षाको महत्वपूर्ण पाटो पनि हो। स्वविवेक र सकारात्मक सोचले हर प्राणीलाई असल र सफल बनाउँछ।

बालबालिका अनुमानित भाँडो जस्तै हुन् जुन सानो वा ठूलो कुनै पनि आकारमा हुन सक्छ। बालबालिकारूपी भाँडो कुनै पूरै भरिएको पनि हुन सक्छ, कुनै आधा। बालबालिकारूपी भाँडोका तत्व नै माया, आत्मीयता, हौसला, सुरक्षालगायत हुन्। जुन हरेक शिक्षक–शिक्षिकामा आवश्यक छ।

भनिन्छ, ‘बालबालिकाको दोस्रो घर नै विद्यालय हो।’ जहाँ उनीहरूले ताते हिँड्न सिक्नेदेखि सक्षम भएर जीवनको एक खुट्किलो नै व्यतित गर्छन्। विद्यालयमा बालबालिकालाई माया गरेर र उनीहरूसँग सामीप्यता कायम गरेर हामी माथि उठाउन सक्छौं, न कि दूरी राखेर। विद्यालयमा बालबालिकालाई खुल्ने र फुल्ने मौका प्रदान गर्नु हामी शिक्षक÷शिक्षिकाको उत्तम दायित्व हो।

शिक्षण सिकाइसँगै व्यावहारिक ज्ञानका क्रममा बालबालिकालाई ‘तिमी यसो नगर राम्रो हुन्न वा तिमीले यसो गर्‍यौं गर्न नहुने थियो’ भन्ने जस्ता वाक्यांशले बालबालिकामा उत्सुकता हराई नैराश्यकता छाउने गर्छ। यसले बालबालिकामा आत्मविश्वासमा कमी आएको पाएकी छु। बरु तिमीले गर्ने त्यस कामको परिणाम यो हुन सक्छ भनेर शिक्षकशिक्षिकाले औंल्याउँदा उनीहरूमा सकारात्मक भाव प्रवाह भई शत्मार्गमा हिँड्न उत्प्रेरित गर्छ।

भनाइ र गराइमा एकरूपता ल्याउनका लागि विद्यार्थी केन्द्रित शिक्षण पद्धति अर्थात आधुनिक शिक्षण पद्धति अनुसरण र अवलम्बन गर्न जरुरी छ। शिक्षक, विद्यालय परिवार सबै एकै रफ्तारमा समान उद्देश्य किटान गरी चलायमान भए मात्रै बालबालिकालाई गतिशील र सिर्जनशील बनाउन सकिन्छ। बालबालिकालाई शिक्षक र शिक्षिकाको व्यवहार नै ठूलो हो। किनकि हरदिन बालबालिका शिक्षकशिक्षिकासँगको व्यवहारकै कारणले विद्यालयमा आएका हुन्छन् भने बालबालिकाले सिक्ने नै शिक्षक शिक्षिकाको व्यवहार हो। त्यसैले त बालबालिका हाम्रो ऐना हुन्। हामीले जसरी उनीहरूलाई पृष्ठपोषण गर्छौं त्यस्तै व्यवहार उनीहरूमा झल्किन्छ। यसका लागि शिक्षकशिक्षिकाले के कसरी सिकाइ गर्छन् भन्ने महत्वपूर्ण हुने भएकाले अहिले धेरैले संस्कारसहितको शिक्षामा जोड दिएका हुन्।

शिक्षा मात्रले व्यक्तित्व पूर्ण नहुने भएकाले शिक्षासहितको संस्कार महत्वपूर्ण हुन्छ। शिक्षा र संस्कार अहिलेको बदलिँदो समयमा एकअर्काका परिपूरक बनेका छन्। मैले पनि बालबालिकालाई व्यक्तिगत, पारिवारिक, सामाजिक, नैतिक हरेक किसिमका जिम्मेवारी, कर्तव्यबारे विद्यार्थीमा आत्मबोध गराउने गरेकी छु। यसमा शारीरिक तन्दुरुस्तीका लागि कसरत, योगा, नृत्य, संगीतले उनीहरूको दिमाग चलायमान बनाउँछ भने स्वच्छन्दताको आभाष पनि गराउँछ। तर स्वच्छन्दता जिम्मेवारीमुक्त भने हुनुहुन्न। शिक्षा, संस्कारसँगै बालबालिकाको सुरक्षा पनि जोडिन्छ। बालबालिकाका यी जन्मसिद्ध अधिकारमाथि हामीले उपर्युक्त वातावरण बनाउन सक्नुपर्छ ताकि उनीहरू फलून, फुलून र राष्ट्र उन्नतिमा यथोचित् योगदान गर्न सकून। त्यसै भनिएको होइन बालबालिका भविष्यका कर्णधार हुन् अनि उनीहरूका गुरु पथप्रदर्शक। ती पथप्रदर्शकले सकारात्मक सोचसहित व्यावहारिक पाटोमा बालबालिकारूपी कलिला माटालाई सही आकारमा ढाल्न सक्नुपर्छ।

(शिक्षिका पौडेल पेप्सीकोलास्थित नेक्सस इन्टरनेसनल एकेडेमीकी शिक्षिका हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.