निगमको न्यारोबडी इन्जिन मर्मतमा भएको ढिलाइ छानविन गर्न उपसमिति गठन

निगमको न्यारोबडी इन्जिन मर्मतमा भएको ढिलाइ छानविन गर्न उपसमिति गठन
फाइल तस्बिर।

काठमाडौं : नेपाल वायूसेवा निगमको नाइनएन–एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा उससमिति गठन गरेको छ। निगम संचालक समितिका वैशाख २३ गतेको निर्णयले संचालक समिति सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन गरेको हो। 

जहाजको इन्जिन मर्मतमा भएको ढिलाइका सम्बन्धमा छानविन एवम् अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ। 

निगमको जहाजको इन्जिन मर्मत कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रि (आइएआइ)मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा दिएको थिएन। कम्पनीले करिब ५ महिना लगाएर इन्जिन बनाएको थियो। निगम र आइएआइबीच भएको सम्झौताबमोजिम कार्य गर्न ढिलाइ भएकोमा क्षतिपूर्तिसमेत दाबी गर्न सिएमएम विभागलाई आदेशसमेत दिएको थियो। 

कलसाइन नाइनएन एकेएक्स जहाजको इन्जिन बिग्रिएर गत वर्षको नोभेम्बर ३० (मंसिर १४) बाट ग्राउन्डेड भएको हो। कम्पनीले इन्जिन मर्मत गरेर हाल्नका लागि जहाज पठाउन भनेपछि पुष अन्तिम साता न्यारोबडी नाइनएन एकेएक्स पनि इजरायल नै पठाइएको थियो। पुषमा गएको उक्त जहाज इन्जिन मर्मत पछि २०८१ को बैशाख १५ गते नेपाल आइपुगेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.