कांग्रेसले छानबिन समिति नबने अवरोध गर्ने बताएपछि संसद बैठकमा ढिलाई

कांग्रेसले छानबिन समिति नबने अवरोध गर्ने बताएपछि संसद बैठकमा ढिलाई

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई संसदमा बोल्न नदिने निर्णयमा पुगेको छ। यसअघि संसदीय दलको बैठकमा 'सफ्ट' बनेको कांग्रेसले सहकारीमा संलग्नविरुद्ध संसदीय छानबिन समिति नबनाएसम्म लामिछानेलाई संसदमा बोल्न नदिने निर्णयमा पुगेको हो।

कांग्रेसको यही अडानपछि २ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। संसद अवरोध हुने भएपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू छलफलमा जुटेका छन्। स्रोतका अनुसार सभामुख घिमिरेले छुट्टा-छुट्टै छलफल गरिरहेका छन्।

'प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबनेसम्म संसद अवरोध गर्ने बताएपछि सभामुखज्यु दलका नेताहरूसँग छलफलमा गरिरहनुभएको छ। सोही कारण निर्धारित समयमा बैठक बस्न सकेको छैन,' स्रोतले भन्यो।

नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको समेत संलग्न रहेको भन्दै संसदीय छानबिन समिति माग गर्दै आएको छ। लामिछानेले भने संसदमा बोल्न पाउनुपर्ने भन्दै सभामुख घिमिरेलाई निवेदन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.